Skip

Hamro Sanchar

बंगलादेशी राष्ट्रपति मोहम्मदले गरे संसद् भंग

अन्तरिम सरकार गठन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २२ गते


काठमाडौं । बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्।

आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए।

प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि मुलुकमा के हुन्छ भन्ने अनिश्चय छ।

सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने बताएका छन्। तर, विद्यार्थीहरू नेताहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने अडान राखेका छन्।

उनीहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नयाँ क्याबिनेटको प्रमुख सल्लाहकार हुनुपर्ने बताएका छन्।

पेरिसमा रहेका युनुस बंगलादेश फर्किने तयारीमा छन्। एजेन्सी


प्रतिकृया दिनुहोस्