Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कक्षा १२ को नतिजा सार्वजनिक, कति जना पास भए ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १८ गते


Advertisement

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।

आज (शुक्रबार) बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ वद्यिार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन्।

यसपालि १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहे।

राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट र नेपाल टेलिकमको वेभसाइटबाट परीक्षाफल हेर्न सकिन्छ।

साथै ल्भ्द्य टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ।

१६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।


प्रतिकृया दिनुहोस्