Hamro Sanchar

गगन थापाको दाबी : कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा रहन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


Advertisement

काठमाडौँ, जेठ २६- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्‌भित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले कांग्रेसले चुनावमा गए अनुसारको प्रतिविद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरूले प्रतिबद्धता बिर्सिँदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।

उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दै गर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताए । उनले कांग्रेस संसद्को ठुलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरू संशोधनका लागि अन्य राजनीतिक दलहरूसँग कुराकानीमा रहने बताए ।


प्रतिकृया दिनुहोस्