Skip

Hamro Sanchar

बसको ठक्करबाट थाक्रेमा एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २४ गते


धादिङ, जेठ २४- बसको ठक्करबाट धादिङको थाक्रेमा एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे-६ को आठ किलोमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ९८६८ नम्बरको यात्रु बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

सडक छेउमा तान्दै गरेको इन्टरनेटको तार बसमा अल्झिदा तार तान्दै गरेका धरान उपमहानगरपालिका घर भएका अन्दाजी २२/२३ वर्षका सुदेस सुनुवारलाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । बसले ठक्कर दिएका सुनुवारको घटनास्थलमा नै मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्