Skip

Hamro Sanchar

हावाहुरीले ढालेको रुखले किचेर युवकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २२ गते


हेटौंडा, जेठ २२- हावाहुरीले ढालेको रुखले किचेर मंगलबार बिहान एक युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-ट्यांकीदमारका २२ वर्षीय रामबहादुर गोलेको साजको रुखले किचेर उनको मृत्यु भएको हो ।

रुखले किचेर उनको घटनास्थलमा नै मृत्यु भएको हो।

वारीमा घाँस काटिरहेका गोलेलाई रुख भाचिएर किचेको थियो ।

 


प्रतिकृया दिनुहोस्