Hamro Sanchar

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने, तीन दलबीच भयो यस्तो सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १७ गते


Advertisement

काठमाडौं, जेठ १७- मधेस प्रदेशमा सिने राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ ।

नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच यस्तो सहमति भएको हो ।

सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद शाहले संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।

बिहीबार साँझ जनकपुरमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी दलको सहभागितामा जनमत पार्टीको नेतृत्वमा सरकार सहमति भएको बताइएको थियो ।

जनमत मधेस प्रदेश संसदीय दलको नेता महेशप्रसाद यादव दलका नेता छन् ।


प्रतिकृया दिनुहोस्