काठमाडौैं, जेठ १५- स्थानीय रक्सिको ब्रान्डीङ्गको लागि सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत स्थानीय रक्सिलाई वसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो ।
“स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई व्यावसायिक प्रवर्द्धनका लागि कानुनी व्यवस्था मिलाइनेछ,” मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने ।
सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।