Hamro Sanchar

भोलि बिहानसम्म कांग्रेससँगको सहमति टुंगोमा पुग्छ : प्रधानमन्त्री प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


Advertisement

काठमाडौँ, जेठ ५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (आइतबार) सम्ममा प्रमुख प्रतिपक्षी दलसँग सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान बालुवाटारमा बोलाएर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । सो छलफल सकारात्मक भएको कांग्रेसका नेताहरूले बताएका छन् ।

कांग्रेससँगको छलफबारे अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग उनले छलफल गर्दैछन् । सोही छलफलमा जान हतार भएको भन्दै पेरिसडाँडामा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ । मलाई त्यहाँ जान ढिलो भइसकेको छ । मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्याउन सकियोस् भनेर लागेको छु ।’

उनले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको पनि बताए ।


प्रतिकृया दिनुहोस्