Hamro Sanchar

प्रधानमन्त्री साह्रै बिजी हुनुहुन्छ, हामी तमासा हेर्दैछाैँ : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


Advertisement

काठमाडौं, जेठ ५- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो, हेर्छौँ हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायित्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए । राजनीति कतातिर जान्छ भन्ने चिन्ता लागेको पनि अध्यक्ष नेपालले सुनाए ।


प्रतिकृया दिनुहोस्