Skip

Hamro Sanchar

कारको ठक्करबाट मोटरसाइकलमा सवार पत्रकार रोहिताको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


धनुषा, जेठ ५- जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा शनिबार बिहान बा२१च ३३४३ नम्बरको कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए ।

मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्