आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा ७ बाट वैदेशिक तथा अन्य सिफारिसहरु सफ्टवेयर मार्फत जारी गर्न सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


Advertisement

काठमाडौं, बैशाख ३१- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-७ को कार्यालयले स्थानीय तहहरुले जारी गर्ने विभिन्न सिफारिसहरु सफ्टवेयर मार्फत जारी गर्न सुरुवात गरेको छ ।

वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि आइतबारबाट अंग्रेजी भाषामा जारी गरिने सिफारिसहरु समेत वडा कार्यालयबाटै प्राप्त गर्न सकिने जानकारी गराएको हो ।

यससँगै सेवाग्राहीहरुले वैदेशिक तथा अन्य सिफारिसहरु सफ्टवेयर मार्फत वडा कार्यालयमै प्रिन्ट गर्ने सुबिधा पाउनेछन् । जस्तै नाता प्रमाणित, कर चुक्ता, सम्पत्ति मूल्यांकन लगायतका कागजातहरु वडा कार्यालयमै प्रिन्ट गर्ने सुबिधा पाउने वडाअध्यक्ष भीमसेन थापाले हाम्रोसंचारलाई जानकारी दिए । बिशेषगरी यो सुबिधा अध्ययनका लागि विदेश जाने र तिनका अभिभावकले प्राप्त गर्नेछन् । यसअघि सेवाग्राहीले लेटरप्याड बाहिर लगेर बनाएर ल्याउने र वडा कार्यालयले प्रमाणिकरण गर्ने गरिएको थियो । जनतालाई सुशासनको प्रत्याभूति हुने गरि वडाबाट उपलब्ध हुने सेवा प्रवाहलाई प्रविधिमैत्री, थप सेवामुखी, जनउत्तरदायी बनाउने अभिप्रायले वडाअध्यक्ष थापाले बताए ।

बाहिर १ पन्नाकै ३ सयसम्म लिए र समय पनि धेरै लाग्ने गरेको थियो । यो प्रणाली सुरु भएसँगै सिफारिस र डकुमेन्टका काम १० मिनेटमै सम्पन्न हुने वडा सचिव बासुदेव थापाले बताए । फाईलिङ मात्र गरेर राखिने सबै सिफारिस र डकुमेन्टहरु अब डिजीटल अभिलेख गरिने पनि सचिव थापाको भनाइ छ ।

यो सुबिधा सँगै वडाबाट प्रदान गर्ने सिफारिस र लेटरप्याड दुरुपयोग हुनबाट रोकिने वडा कार्यालयले विश्वास व्यक्त गरेको छ ।

उक्त कार्यको उद्घाटन गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिका डिजिटल र प्रविधिमैत्री बन्दै गएको र त्यसतर्फ वडा नम्बर ७ एक कदम अघि बढेको भन्दै खुसी व्यक्त गरे । नगरपालिकाले प्रशासनिक काम कारबाहीलाई डिजिटल बनाउँदै गएको र अन्य वडामा पनि यस्तो सुबिधा थप गर्दै लैजाने उनले जानकारी दिए ।

आज उद्घाटन गरिएको सुविधा भोलिबाटै सुरु बताइएको छ ।

नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा वडा कार्यालय अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सफल भएको छ । कार्यालयबाट उपलब्ध हुने गुणस्तरीय सेवा प्रवाह, जवाफदेहीता, पारदर्शिता, चुस्त दुरूस्त प्रशासन, आर्थिक अनुशासन, सार्वजनिक कार्य तथा श्रोतको उचित व्यवस्थापनका आधारमा ७५३ नगर अन्तर्गत ६ हजार ७ सय ४३ वडा मध्येमा वडा कार्यालयले ले अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सफल भएको हो ।

यो पनि – कागेश्वरी मनोहराको वडा नम्बर ७ अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सफल


प्रतिकृया दिनुहोस्