आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराको वडा नम्बर ७ अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, २३ गते


Advertisement

काठमाडौं, मङ्सिर २३- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ लाई अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सफल भएको छ ।

गुणस्तरीय सेवा प्रवाह, जवाफदेहीता, पारदर्शिता, चुस्त दुरूस्त प्रशासन, आर्थिक अनुशासन, सार्वजनिक कार्य तथा श्रोतको उचित व्यवस्थापनका आधारमा ७५३ नगर अन्तर्गत ६ हजार ७ सय ४३ वडा मध्येमा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ ले अन्तराष्ट्रिय गुणस्तर ISO 9001:2015 मान्यता प्राप्त गर्न सफल भएको हो ।

नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा वडा नम्बर ७ का अध्यक्ष भीमसेन थापालाई उक्त सम्मानपत्र प्रदान गरिएको हो ।

यो अवसरका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख उपेन्द्र कार्की, नगर उपप्रमुख शान्ता थापा, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालाई वडाध्यक्ष थापाले धन्यवाद व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्