Hamro Sanchar

अबदेखि धरहरा चढ्न २०० रुपैयाँ शुल्क लाग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ८ गते


Advertisement

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले राखेको उक्त प्रस्ताव गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।

अब यही मंसिर ९ गतेदेखि धरहरा चढ्दा उल्लिखित शुल्क लाग्ने सहरी मन्त्रालयले जानकारी दिएको छ।

स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।

यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ।

यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन ९व्यावसायिकबाहेक० गर्न प्रतिघण्टा रु पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडिओ छायाङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार शुल्क निर्धारण गरिएको छ। ।


प्रतिकृया दिनुहोस्