काठमाडौँ, बैशाख ३१- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा कुटाकुट भएको छ । सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो ।
गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप लगाइएको छ ।
न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि रकम असुली र जन्मदिनको केक काट्ने बाहेक केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए । उनले आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको लेखेका थिए ।
सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप-प्रत्यारोप चलेको थियो ।
तरुण दलमा दुई वटा समूहमा रहेका गुरुङ र न्यौपाने पार्टीमा सभापति शेरबहादुर देउवा पक्षमा मानिन्छन् ।