Hamro Sanchar

कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जान बाटो छेके, प्रतिनिधिसभा बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २८ गते


Advertisement

काठमाडौँ, बैशाख २८- गृहमन्त्री रवि लामिछानेलाई बोल्न कांंग्रेसले अवरोध गरेको छ । शुक्रबार साँझ पौने ६ बजे बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक सूरु भएको बताउन नपाउँदै कांग्रेस सांसदहरु रोष्टक घेर्न दौडिएका थिए ।

सभामुख देवराज घिमिरेले गृहमन्त्रीले आफ्नो धारणा राख्न समय मागेको बताउँदै बोल्न दिनका लागि आग्रह गरेका थिए । गृहमन्त्री लामिछाने बोल्नका लागि रोष्टम तर्फ लाग्दा कांग्रेस सांसदले बाटो छेकेर अवरोध गरेका छन् ।

त्यसपश्चात् सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्ने जानकारी गराएका छन् ।


प्रतिकृया दिनुहोस्