Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुख्यमन्त्रीमा एमालेका कार्कीले गरे दाबी पेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २७ गते


Advertisement

काठमाडौं, बैशाख २७- नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेश सभा सदस्य संख्याको बहुमत सदस्यहरूको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वानअनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिए ।

कार्की झापा निर्वाचन क्षेत्र नम्बर ५ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि कोशी प्रदेश सभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।


प्रतिकृया दिनुहोस्