
सप्तरी, बैशाख १८- सप्तरीमा भीषण आगलागी भएको छ । जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा आगलागी हुँदा करिब दुई सय घर जलेका छन् ।
दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
आगलागीबाट करिब पाँच करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीयको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागी बारे बृस्तृत विवरण आउन बाँकी रहेको छ ।


















