Skip

Hamro Sanchar

अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १५ गते


काठमाडौं, वैशाख १५- शुक्रबार गृह मन्त्रालयले ६ जना एसएसपीको सरूवा गरेको छ ।

गृहले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखसहित ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरूवा गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई राष्ट्रिय सुरक्षा परिषदमा सरूवा गरिएको छ । उनको ठाउँमा सानुराम भट्टराई आएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई केन्द्रीय कार्यालयको अपराध अनुसन्धान विभागमा तानिएको केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी वसन्त रजौरेलाई पठाइएको छ । रजौरे र भट्टराई यसअघि केन्द्रीय प्रहरी कार्यालयमा थिए ।

त्यस्तै, कोशी तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई केन्द्रीय कार्यालय तानिएको प्रवक्ता ढकालले जानकारी दिए ।

शुक्रबारै प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंह चन्दलाई पनि गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा सरूवा गरिएको छ । उनले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।


प्रतिकृया दिनुहोस्