Hamro Sanchar

गाउँपालिकाको भवन र मन्दिर उद्घाटन गर्न राष्ट्रपति आज तनहुँ आउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३ गते


Advertisement

तनहुँ, वैशाख ३- राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आउँदै छन् ।

म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउन लागेका हुन् ।

राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

भवन स्थानान्तरण र उद्घाटन समारोहलाई मध्यनजर गर्दै म्याग्दे गाउँपालिकाले वैशाख २ र ३ गते सार्वजनिक बिदा दिएको छ । नयाँ भवनमा कागजात, फर्निचर सहित विद्युतीय उपकरण मिलाउनुपर्ने भएकाले सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

भवन वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो ।


प्रतिकृया दिनुहोस्