Skip

Hamro Sanchar

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच न्यूयोर्कमा भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असाेज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच न्यूयोर्कमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका क्रममा भएको भेटमा नेपाल–भुटानबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको हो।

भेटका क्रममा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को आवृत्ति र तीव्रता बढ्दै गएको विषयमा समेत उनीहरूबीच छलफल भएको थियो।

नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न साझा पहल र सहकार्यलाई थप प्रभावकारी बनाउनेमा दुवै पक्षले जोड दिएका छन् ।


प्रतिकृया दिनुहोस्