५ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेतासँग भेटवार्ता गरेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि प्रधानमन्त्री शाहले आवश्यक छलफलका लागि कांग्रेस नेतासँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री शाह मंगलबार अपराह्न अमेरिका प्रस्थान गर्ने भएका छन्। उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।































