Skip

Hamro Sanchar

एनसेलको टावरमा कुकर बम विस्फोट, भेटियो जनमुक्ति सेना नेपालको पर्चा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २९ गते


काठमाडौं, चैत २९- सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ ।

आज बिहान साढे १ बजे सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालका अनुसार विस्फोटको सूचनापछि बिहानै २ बजे प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

विस्फोटबाट एनसेलको टावरका केही तारहरू जलेको उनले बताए ।

विस्फोट भएको स्थानमा जनमुक्ति सेना नेपाल लेखिएको पर्चा भेटिएको डिएसपी दाहालले जानकारी दिए ।

यसअघि गत चैत २ गते सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ दुम्जामा नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र बम विस्फोट भएको थियो ।

उक्त विस्फोटमा पनि यही समूहको संलग्ना रहेको र विस्फोट गराउनेहरूको खोजी भइरहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्