
दाङ, चैत १९- बाँकेमा कोठाभित्रै श्रीमान श्रीमती गम्भीर अवस्थामा फेला परेका छन् । खजुरा गाउँपालिका– ३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया पत्नि गम्भीर अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार उनीहरू आफ्नै घरको कोठाभित्र घाँटीमा गहिरो घाउ भएको अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल पुर्याइएको छ ।
उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको र दुबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
उनीहरू चुकुल लगाएको आफ्नै कोठाभित्र गम्भीर अवस्थामा फेला परेका हुन् । प्रहरीले ढोका फोडेर उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याएको हो ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

















