Hamro Sanchar

आन्दोलन गर्न पाउनु पर्छ भन्दै आन्दोलन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, ६ गते


Advertisement

काठमाडौं, माघ ६- काठमाडौंको माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै बबरमहलस्थित आर्ट काउन्सिलको सडक प्रदर्शन भएको छ ।

माइतीद्धरमा प्रदर्शन गर्न निषेध गरिएपछि बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीहरुले आर्ट काउन्सिलमा प्रदर्शन गरेका हुन् । डा.गोविन्द केसी समर्थकहरुको बृहत् नागरिक आन्दोलन भनिएपनि ८ जना भेला भएर प्रदर्शन गरेका थिए ।

उनीहरुले माइतीघरको निषेधज्ञा खारेज गर, लोकतान्त्रिक स्थानको संकुचन नगर जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् । यसअघिका प्रर्दशनहरुमा डा गोविन्द केसी, नारायण वाग्ले लगायतका नागरिक अगुवाहरु भेला भएका थिए ।

सरकारले गत मंसिर ५ गते माइतीघर, नयाँबानेश्वर क्षेत्र लगायतमा प्रदर्शन गर्न निषेधाज्ञा लगाएको थियो ।


प्रतिकृया दिनुहोस्