विराटनगर, पुस २७- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ ।
मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहिबार राती निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी थिइन् । लिम्बूको घरैमा निधन भएको हो ।
शुक्रवार बिहान १० बजे स्थानिय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने जनाएको छ । लिम्बूको १ छोरी र १ छोरा छन् ।
मन्त्री लिम्बुको केही महिनाअघि आफ्नी आमाको समेत निधन भएको थियो ।