Hamro Sanchar

आर के शर्माको नेतृत्व एनसीसी कतार द्वारा अस्विकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, २३ गते


Advertisement

दोहा ।गत  ८ अक्टोबर  २०२३ मा एनसिसि कतारले  गरेको  कार्यक्रममा आईसिसि समानन्तर समितीका अध्यक्ष  राजेन्द्र कुमार शर्मालाई  पदेन सम्मान सहित आसन ग्रहण गराउन सकेन । कार्यक्रममा एनसिसिले शर्मालाई एनआरएनए अभियान्ता भनेर  सम्बोधन गरे  पनि बद्री के सि नेतृत्वमा सपथ ग्रहण गरेका निर्वाचित  उपाध्यक्ष राज रेग्मी, उपमहासचिव प्रबिण गुरुङ्ग,र सचिब मनोज कुमार श्रेष्ठलाई भने पद अनुसारनै सम्बोधन र आसनग्रहण गराईएको थियो।

 

गत शुक्रबार गैरआवासीय नेपाली संघ, कतार द्वारा आयाेजित नेपाल सरकारका उप-प्रधानमन्त्री एवं रक्षा मन्त्री माननिय पुर्णबहादुर  खड्काको  भेटघाट  तथा सम्मान कार्यक्रममा सहभागी भएका स्वघोसित एनआरएनए आईसीसी अध्यक्ष आर के शर्मालाई आयोजक संस्था एनसीसी कतारले  अभियान्ता भनेर  सम्बोधन गरेको थियो ।

 

एनआरएनए को  ११ औं महाधिवेशनको चुनावी  प्रक्रियामा सहभागी भई मत परिणाम सार्बजनिक भएपश्चात् उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलको नाममा प्राप्त मत संख्यामा भएको त्रुटीलाई लिएर शर्मा समुहले मत परिणाम बहिष्कार गर्दै छुट्टै समूह घोषणा गरेको थियो । शर्माले आफ्नै समुहलाई नेपाल सरकारले आधिकारिकता दिने र बिस्वभरि भएका ८०% एनसीसी आफ्नो पक्षमा भएको दाबी गर्दै आएका छन ।  तर शर्मालाई आफु बस्दै आएको र उनकै  समर्थन र सहयोगमा निर्बाचित  एनसीसी कतारले अध्यक्ष नस्विकार्नुले  शर्माको समानन्तर कमिटीलाई साथ, समर्थन  सहयोग प्रती प्रश्न खडा भएको छ।

 

आईसिसी अध्यक्ष  डा. बद्री के सि नेतृत्वको समुहले  भर्खरै नेपालमा गएको भुकम्पका लागि आव्हान गरेको आर्थिक सहयोग संकलन अभियानमा बिस्वभरिका अरु एनसीसीहरुले आईसीसी मार्फत सहयोग गर्दैगर्दा एनसीसी कतारले भने आईसीसीको माध्यम मार्फत नगरी सिधै सरकारी कोषमा  पठाउदा कतै एनसिसि कतारले आर के शर्माको नेतृत्व समुहलाई आईसीसीमा सहयोग गर्ने एनसीसी पो हो कि भन्ने अडकल काटिएको थियो तर हिजको कार्यक्रम बाट आर के शर्मालाई स्वीकार नगर्ने  प्रष्ट भएको भएको छ ।  यसरी आफ्नै घरबाट समेत  अस्विकार गरेपछी  शर्मा  समुहको   नेतृत्व विश्वभरका एनआरएन संजालबाट समेत  एक्लिने उपस्थित  एक सहभागी अभियान्ताले बताए।


प्रतिकृया दिनुहोस्