एजेन्सी, असोज १२-संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष डेसि फ्रान्सिसले बिहीवार अफगानी अधिकारीहरुले महिललाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गर्नु नहुने बताएका छन् ।
बैठकमा उनले अगानी अधिकारीहरुले महिलालाई उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित गराउने निर्णयमा पुनः विचार गर्न आग्रह गरेका हुन् । उनले महिला र बालबालिकाहरुका अपरिहार्य अधिकार हुने गरेको भन्दै मानव अधिकारको उल्लंघन गर्न नहुनेतर्फ सचेत गराए ।
उनले अफगानिस्तानको सो नीतिमा पुनःविचार गरी महिलालाई पनि उचित शिक्षा दिनुपर्नेमा जोड दिए । उनले महिला र बालबालिकाहरु देश र समाजको परिवर्तनका वाहक भएको भन्दै उनीहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
उनले बालबालिकालाई शिक्षामा अनुमति नदिनु दुःखद् पक्ष भएको बताए । यो व्यवहार विश्वव्यापी अराजकता भएको उल्लेख गरे ।