
काठमाडौं, साउन २९- कागेश्वरी मनोहरा नगरपालिकाका कृषकलाई धान बालीमा लागेका रोग र किराहरुको व्यवस्थापनका लागि विषादी हस्तान्तरण गरिएको छ । नगरपालिकाभित्रका कृषकहरुलाई ९ वटै वडाहरु मार्फत विषादी प्रदान गरिएको हो ।
कृषि विकास शाखाद्वारा बाली संरक्षण प्रयोगशाला हरिहरभवन, ललितपुरको पूर्ण सहयोगमा विषादी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योदान गर्ने एकल बाली पनि हो । नेपालको कुल खेती योग्य जमिन मध्ये १५ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा खेती हुने यो बालीको उत्पादकत्व भने अन्य देश तथा महादेशहरुको तुलनामा निकै कम रहेको छ ।
विगत आधा शताव्दी भन्दा धेरै समयदेखि देशमा भैरहेका कृषि विकासका प्रयासहरुमा पनि यो बालीले मुख्य प्राथमिकता पाउदै आएको छ ।
धान बालीमा लाग्ने मुख्य मुख्य हानिकारक शत्रु जीवहरु
धानमा लाग्ने पहेलो रंगको गवारो
यो धान बालीमा लाग्ने मुख्य किरा हो र धान बालीको जुन अवस्थामा पनि आक्रमण गर्दछ । धान डोलाउनु भन्दा अगाडि गवारोले क्षति गरेमा धानले क्षति पूर्ति गर्न सक्छ भने धानको बाला पसाउने र बाला निस्कने अवस्थामा क्षति गरेमा प्रत्यक्ष रुपमा उत्पादन घट्दछ । धानमा लाग्ने गभारोका धेरै जाति छन् र हामी कहाँ पाइने प्रमुख जातहरु पहेंलो गवारो, सेतो गवारो, धर्के गवारोहरु र गुलावी गवारोहरु हुन । यस मध्ये पहेंलो गवारो बढी हानिकार हुन्छ ।
फड्के किरा
फड्के किराहरु धान बालीको अर्को प्रमुख किरा हो । यिनका रङ्ग र आकार विभिन्न हुन्छन् । कुनै हरिया, कुनै सेता र कुनै खैरा हुन्छन् । कुनै फड्के किराहरु पातबाट चुस्दछन् भने कुनै फड्के किराहरु पातको आधार बाट रस चुस्दछन् । हरियो पातको फड्के, नागवेलीयुक्त पातको फड्के र सेतो पातको फड्केहरु पातबाट चुस्दछन् भने खैरो फड्के, सानो खैरो फड्के र सेतो ढाड भएको फड्केहरु पातको आधारबाट चुस्दछन् ।
धानको पतेरो
धानको माउ र बच्चा दुबै हानिकारक हुन्छ । धानमा फुल फुल्न थालेपछि र दानामा द्ध पसेपछि यी कीराहरुले आफ्नो तिखो सँडले दानालाई छेडेर भित्रको दुध चुस्दछ । पातमा वढी आक्रमण भएमा बोट नै । पहेलिन्छ र वालामा आक्रमण गरेको छ भने दानाहरुमा खैरा दाग देखिने, दानाहरु फोस्रा हुने अथवा आधा। फोस्रीएको दाना हुन्छ ।
मिलि बग
यो किराको प्रकोप सुक्खा पानि नजम्ने ठाउँमा र बढी झारपात भएको जमिनमा बढी हुन्छ । यस किराको माह र निम्फले धान बालीको पातको र गांजको रस चुसेर बोट सुकाउछ । यी किराहरुले धन बालीको पात र सराहरु जोडिएको ठाउँको भित्रि भागमा सेतो दुसी जस्तो पदार्थ बनाइ बसेका हुन्छन ।
धानको पात बेरुवा
वयस्क पुतलीहरु खैरा,नांगा हुन्छन् भने लार्भाहरु हल्का हरिया रंगका हुन्छन् । पुतलीहरुको पखेटामा। दुइवटा बांगा धर्साहरु हुन्छन । यसका लार्भाहरुले धानको पातलाई बेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ कोतरेर खान्छन र पात सुक्दछन् ।




















