Hamro Sanchar

सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न

सुदिप बर्देवा प्रकाशित : २०८० बैशाख, २१ गते


Advertisement

काठमाडौं, बैशाख २२- सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । आज सम्पन्न छैठौं वार्षिक साधारण साभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो ।
सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ ।

बिहिबार सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत
अनुसूचीहरु सहितको वित्तीय विवरणमासमेत छलफल गरी पारित गरेको छ ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९/ ८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस्
पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७
लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको हो ।


प्रतिकृया दिनुहोस्