दोलखा, बैशाख १५- दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर १ पवटी भिरबाट लडेर एक महिलाको मृत्य भएको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी ३२ वर्षीया अम्बिका खरेलको मृत्य भएको हो । बिहिबार पवटीस्थित अधेरी खोलामा उनको शव फेला परेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिए । मानसिक सन्तुलन गुमाएकी खरेल बिहिबार बिहान करिब ११ बजे आफ्नै घरबाट शैलुङ ७ फस्कु गएकी थिइन् । उनी त्यहाँबाट फर्किएपछि पवटीको साँगुतेभिरबाट लडेर अधेरी खोलामा साँझ करिब साढे ६ बजे मृत अवस्थामा फेला परेको वडाध्यक्ष ईश्वर कोइरलाले जानकारी दिए । उनी भीरबाट करिब २ सय मिटर तल खसेकी थिइन् ।
अहिले घटनास्थलमा प्रहरी टोली खटिएकाले शवको मुचुल्का उठाउने काम भइरहेको वडाध्यक्ष कोइरालाले बताए ।