काठमाडौं, चैत २- आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले युएईको चौथो विकेट लिएको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७ औं ओभरको पहिलो बलमा आयन अफजाल खानको विकेट लिएका हुन् ।
११ बल खेलेर ३ रन बनाइरहेका अफजाललाई गुलसन झाले क्याच आउट गरे ।
यसअघि नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले १-१ विकेट हात पारेका थिए ।