काठमाडौं, चैत १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा १३ करोड १० लाख तेह्र हजार तीन सय सत्ताइस रुपैयाँ राजस्व संकलन गरेको छ । सो नगरपालिकाले चालु आवको साउन १ गतेदेखि फागुन मसान्तसम्म १३ करोड १० लाख तेह्र हजार तीन सय सत्ताइस रुपियाँ राजस्व संकलन गरेको हो ।
नगरपालिकाका अनुसार १ नं. वडाबाट ३६ लाख १७ हजार २७४ रुपैयाँ, २ नं. वडाबाट १७ लाख ६७ हजार ५२१ रुपैयाँ, ३ नं. वडाबाट २३ लाख ९१ हजार १२० रुपैयाँ, वडा नंं ४ बाट ५० लाख १३ हजार ४५० रुपैयाँ, वडा नंं ५ बाट ७९ लाख ५६ हजार ६७१ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, वडा नं. ६ बाट १ करोड ४८ लाख १८ हजार ४१८ रुपैयाँ, वडा नं. ७ बाट १ करोड ५४ लाख ६९ हजार २० रुपैयाँ, ८ वडाबाट १ करोड २ लाख ६४ हजार ७५० रुपैयाँ र वडा नंं ९ बाट २ करोड ४० लाख ७५ हजार ८६१ रुपैयाँ राजस्व संकलन गरेको छ । भने नगरपालिका कार्यालयबाट ४ करोड ५६ लाख ३९ हजार २३७ रुपैयाँ संकलन गरेको छ ।
नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिका र विभिन्न वडाबाट अपेक्षाकृत राजस्व संकलन भइरहेको र नगरपालिका विकास निर्माणमा लागिपरेको बताए ।
उनले शिक्षा, स्वास्थ्य, खानेपानी, व्यवस्थित सहरी विकास, विपद् व्यवस्थापन, फोहरमैला तथा वातावरण व्यवस्थापन, उद्यमशीलता, खेलकुद, पर्यटन, उज्यालो नगर सुरक्षित नगर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार योजना, कृषि पशुपक्षी, सुशासन, सामाजिक समावेशीकरण लगायतको क्षेत्रमा प्राथमिकता दिएर नगरपालिकाले काम गरेको बताए ।
कुन वडाबाट कति ?