काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नागरिकता विवाद चलिरहेकाले लामिछानेलाई सांसद पदमा सपथ नगराइ उनको पद खारेज गर्न माग गरिएको हो ।
सिन्धुलीका युवराज सफलले वुधबार रविविरुद्ध रिट दायर गराएका हुन्। रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा तोकिएको छ । लामिछाने चितवन २ बाट निर्वाचित भएका थिए। उनको नागरिकता विवादबारे प्रहरीले छानविन गरिरहेको छ ।