Hamro Sanchar

हर्क साम्पाङ भन्छन् : बालेनलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरु एक हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १७ गते


Advertisement

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ १ यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । ति प्रश्नको जवाफ फर्काउने क्रममा बालेनका अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेको बेलामा हर्क साम्पाङ बालेनको पक्षमा देखिएका हुन् ।


प्रतिकृया दिनुहोस्