काठमाडौं, असोज १३- मानव अधिकार कैदीबन्दी न्यायिक सरोकार मंच नेपालले जेल जीवन बिताई रहेका ५ बर्ष मुनिका बालबालिकाहरुलाई सहयोग गरेको छ ।
संस्थाले केन्द्रीय कारागार सुन्धारामा पुगेर त्यहाँ रहेका कैदी तथा बन्दीका ११ जना बालबालिकाहरुलाई लत्ताकपडा, फलफूल र आर्थिक सहयोग गरिएको संस्थाकी केन्द्रीय सदस्य कृति गोलेले हाम्रोसंचारलाई बताइन् ।
संस्थाले हिन्दुधर्मालम्बीहरुको महान पर्व वडा दशैं, शुभ दीपावली तथा छडको अवसर पारेर बुधबार (हिजो) उक्त सहयोग गरेको हो ।