काठमाडौं, भदौ १७- काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।
शुक्रबार माइतीघरमा स्वरोजगार व्यवसायीमाथिको अन्याय बन्द गर, विना विकल्प विस्थापित गर्न पाइँदैन, काम गरी खान दे, स्वरोजगार व्यवासायको व्यवस्थापन गर भन्दै दबाबपूर्ण आन्दोलन गरेको छ ।
प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।