काठमाडौं, भदौ १५- अभिनेता पल शाहविरुद्धको मुद्दामा बुधवार सुनुवाइ हुने भनिएपनि स्थगित भएको छ । न्यायाधीश दलबहादुर केसी बिदामा बसेकाले शाहको मुद्दमा सुनुवाइ हुन नसकेको तनहुँ जिल्ला अदालतमा श्रेष्तेदार मिनबहादुर कुवँरले जानकारी दिए ।
सो मुद्दा बुधवार सुनुवाइका लागि गोला तान्दा शाहको बेञ्चमा मुद्दा परेको थियो । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी पटक पटक सर्दै आएको छ ।
उनीविरुद्ध नवलपुर अदालतमा सुनुवाइ हुँदै आएको छ । नवलपुरमा २१ भदौका लागि पेशी तोकिएको छ ।
गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।