Hamro Sanchar

पल शाहको मुद्दामा आजपनि हुन सकेन सुनुवाइ, किन सर्दैछ पटक-पटक पेशी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १५ गते


काठमाडौं, भदौ १५- अभिनेता पल शाहविरुद्धको मुद्दामा बुधवार सुनुवाइ हुने भनिएपनि स्थगित भएको छ । न्यायाधीश दलबहादुर केसी बिदामा बसेकाले शाहको मुद्दमा सुनुवाइ हुन नसकेको तनहुँ जिल्ला अदालतमा श्रेष्तेदार मिनबहादुर कुवँरले जानकारी दिए ।

सो मुद्दा बुधवार सुनुवाइका लागि गोला तान्दा शाहको बेञ्चमा मुद्दा परेको थियो । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी पटक पटक सर्दै आएको छ ।

उनीविरुद्ध नवलपुर अदालतमा सुनुवाइ हुँदै आएको छ । नवलपुरमा २१ भदौका लागि पेशी तोकिएको छ ।

गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।


प्रतिकृया दिनुहोस्