काठमाडौं, माघ १९- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नि प्रसाद सापकोटाले, नेकपा एमाले यो धर्तीको सबै भन्दा अराजनीतिक झुण्ड भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र, कागेश्वरी मनोहरा नगर समितिको तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ , थालीमा आयोजित नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “अहिलेको सरकार प्रमुख रहेको केपी ओली र यसले नेत्रित्व गरेको नेकपा एमाले राजनीतिक दल होईन, यो धर्तीको सबै भन्दा अराजनीतिक झुण्ड हो, यो एउटा सानो गिरोहमा सिमित हुदै छ ।”
उनले थपे, “पुरै जनताहरु निराश छन् , आक्रोसित छन् , जनाता विष्फोटनको डिलमा पुगिरहेका छन् तर यो देशको प्रधानमन्त्री खड्का प्रसाद ओली पुरै बेखबर छ, यो सरकार पुरै बेखबर छ ।
देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको मान्छेले देशको सर्वोच्च सस्था प्रतिनिधिसभाको रोष्टममा उभिएर “म त ढले ढले” भन्ने गीत गाउछ, जनतालाई पुरै झुठो आश्वासन बाढेर देशलाई थप संकटमा धकेलिरहेको यो अवस्थालाई चिरेर हाम्रो पार्टी अगाडी बढ्नु पर्छ।”
खड्ग प्रसाद ओलीले “म त ढले ढले” भने झैँ, यो सरकार चाडै ढाल्ने उनको भनाई थियो ।