Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

१२ किलोको काउली फलाएका खत्री भन्छन्, : ‘विदेश जाने सोच कहिल्यै आएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २० गते


Advertisement

बागलुङ । १२ किलोको काउली फलाउन सफल किसानको रूपमा परिचित छन्, बागलुङ नगरपालिका-९ तित्याङ थापाथरका पदम खत्री। २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यो क्षेत्रकै सफल किसानमा गनिन्छन्।

गत वर्ष पनि नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए उनी। ‘पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ’, उनले भने, ‘यो वर्ष १२ केजी ८८० ग्रामको काउली फलाउन सफल भएँ।’

उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै गरेका छन्। तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गरेका हुन्। साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा आफ्नो मनमा कहिलै विदेश जाने सोच नआएको उनले बताए। खत्रीले वार्षिक १० देखि १२ लाख आम्दानी गर्छन्। यो पटक १० क्विन्टल काउली र ब्रोकाउलीबिक्री गरेको उनले बताए।

खत्री एग्रो फार्म नामको उनको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन्। खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्