Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंमा एक युवक मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २० गते


Advertisement

काठमाडौं । काठमाडौंको बाइपासमा एक युवक मृत भेटिएका छन्।

गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५र२६ वर्षका युवक मृत भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत भेटिएका थिए।

ती युवकको साथबाट राहदानी भेटिएको र त्यसमा रहेका विवरणका आधारमा उनको आफन्तहरू खोज्ने प्रयास भइरहेको छ।

शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी बोहराले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्