सिन्धुपाल्चोक, भदौ १४- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटपिटबाट ससुराको मृत्यु भएको छ । बुहारीको २३ वर्षीया रिता तामाङको कुटपिटबाट माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामाको मृत्यु भएको हो ।
बुहारीले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
टाउकोसहित शरीरभरी चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो । प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।