काठमाडौं, भदौ १४- काठमाडौं महानगरपालिकाले अबको एक्सन राजधनीको पाँचतारे ठूला होटलमा गर्ने तयारी गरेको छ ।
महानगरले एक दुई दिनमा भूमिगत तलामा क्यासिनो र पसल सञ्चालन गरिरहेका होटललाई कारबाही गर्ने तयारी गरेको हो ।
कामपा स्रोतका अनुसार केही होटलले मापदण्डबेगर व्यापार गरिरहेको आँकलन गरेको छ ।
कतिपयले त भूमिगत तलामा क्यासिनो सञ्चालन गरिरहेको छ । महानगरले त्यस्ता होटेलको विवरण संकलन गरी कारबाही गर्ने अन्तिम तयारी गरेको छ । उच्च स्रोतका अनुसार यसै साता त्यस्ता होटललाई कारबाही गर्नेछ ।