Hamro Sanchar

करेन्ट लागेर बुवा-छोराको मृत्यु, आमा घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

दाङ, भदौ ४- बाँकेमा करेन्ट लागेर बुवा-छोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१७ मा शनिबार बिहान ५ बजे अटो रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर २५ वर्षीय बब्लु कलवार र उनका बुवा ४० वर्षीय परशुरामको मृत्यु भएको हो ।

परशुरामकी ८५ वर्षीया आमा रामराजी कलवार घाइते छिन् ।

उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । उनको अवस्था सामान्य नै रहेको प्रहरीले बताएको छ ।

छोरा बब्लुले अटो रिक्सा चार्ज गर्ने क्रममा कारेन्ट लागेपछि उनलाई बचाउन भन्दै बाबु परशुराम पुगेका थिए ।

छोराको घटनास्थलमै र बुवाको उपचारका क्रममा नर्सिंङ होममा मृत्यु भएको हो ।

बुवा-छोराको शव पोष्टमर्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्