काठमाडौं, भदौ २- धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन् । मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका हुन् ।
१३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषध विरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।
यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !
४. ६ लाख विरुवा रोपे !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !