काठमाडौं, भदौ १- गत आर्थिक वर्षमा महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार असारमा मूल्यवृद्धि ८.९८ प्रतिशत पुगेको छ भने वार्षिक औषत मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा वार्षिक औसत मूल्यवृद्धि ९.९३ प्रतिशत रहेकोमा त्यसपछिका आर्थिक वर्षमा घट्दै गएको थियो ।
तर, विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले गत आर्थिक वर्ष २०७८/०७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।