Hamro Sanchar

विप्लव र प्रकाण्डलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी, के छ मुद्धा ?

प्रकाशित : २०७९ साउन, १६ गते


Advertisement

काठमाडौं, साउन १६- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत आधा दर्जनभन्दा बढी शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ । उनीहरू विरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्दा छ ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ता तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।


प्रतिकृया दिनुहोस्