Hamro Sanchar

भदौ १ देखि बञ्चरेडाँडामा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १२ गते


Advertisement

काठमाडौं, साउन १२- काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेका हुन् ।

सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको हो ।

समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकिएको छ ।


प्रतिकृया दिनुहोस्