आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, २ गते


Advertisement

काठमाडौं, साउन २- आजदेखि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

खोप यही साउन आठ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ ।

झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई दोस्रो मात्राको खोप दिन लागिएको हो ।


प्रतिकृया दिनुहोस्