आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मंगलबारदेखि ठूलो पानी पर्ने सम्भावना, आज र भोलि के हुन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १ गते


Advertisement

काठमाडौं, साउन १- हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मुलुकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्सी मङ्गलबार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा मंगलबारबाट उत्तरतर्फ सर्ने भएकाले पर्सी रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन् ।

मंगलबार रातिदेखि तीन/चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शाक्यले बताइन् ।


प्रतिकृया दिनुहोस्